३ असार, काठमाडौं । भारतले अतिक्रमण गरेको भूमि निरीक्षणका लागि प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्रका आईजीपी शैलेन्द्र खनाल धनगढी हुँदै छाङरु प्रस्थान गरेका छन् ।
भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीनजिकै स्थापना गरिएको सेनाको अस्थायी बेस क्याम्प र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट निरीक्षणका लागि दुवै सुरक्षा निकायका प्रमुख त्यसतर्फ लागेका हुन् ।
उनिहरु आज नै काठमाडौं फर्कनेछन् ।







