३ असार, काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन नियुक्तका लागी तीन जनाको नाम सिफारिस भएको छ ।
नयाँ डिन सिफारिस गर्न डा. प्रेमराज ज्ञवालीको संयोजकत्वमा डा. सुवासराज आचार्य र डा. जीवन शेरचन सदस्य रहने गरी तीन सदस्यीय कमिटी गठन भएको थियो ।
उक्त कमिटिले डा. प्रदीप वैध, डा. दिव्या सिंह शाह र डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको हो । डा. दिव्या सिंह शाह प्रधानमन्त्रीकी निजी चिकित्सक हुन् भने डा. श्रेष्ठ मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक हुन् ।
हाल डा राजेन्द्र गुरागाईलाई निमित्त डीनको जिम्मेवारी दिइएको छ ।
डा जगदिशप्रसाद अग्रवालले उमेर हदका कारण अवकास पाएसँगै डिन पद रिक्त भएको थियो।







