साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला

पुष, १४ रियाद । सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ ।

चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो ।

उहाँलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।