चीनले आफ्नो नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई छाड्यो

५ असार, काठमाडौं । भारतीय सञ्चारमाध्यम द हिन्दुका अनुसार चीनले १० भारतीय सैनिकलाई बिहीबार साँझ रिहा गरेको छ । सोमबार राति दुई देशका सेनाबीच भएको झडपका क्रममा चीनले १० भारतिय सैनिकहरुलाई आफ्नो नियन्त्रणमा समेत लिएको कुरा प्रस्ट भएको छ ।

चिनिया र भारतीय सेनाको सोमबारको झडपमा २० भारतीय सैनिक मारिएको थियो । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानका अनुसार भारतीय सेनाले दुईपटक सीमा पार गरेकोले उक्त झडप भएको हो ।

यसै क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छिमेकी मुलुक चीनसँग शान्ति चाहन्छ भन्दै सीमामा युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन भारत सक्षम रहेको प्रतिक्रिया दिएका थिए ।