नेकपा सचिवालयको बैठक जारी

६ असार, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान देखि जारी छ ।

बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी), स्थायी समिति बैठक, मन्त्रीमण्डल पुनर्गठन, विभिन्न स्थानमा गरिएको नियुक्तिको विषयहरु उठ्नेछन्।

नेकपा भित्र एमसीसी पारित गर्न नहुने बहुमत छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको थियो । यद्यपि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको अनुसार एमसीसीलाई संसदबाट अनुमोदन गराउन प्रधानमन्त्री दृढ रहेको बताए ।

यसअघि ३२ असारमा बोलाएको सचिवालयको बैठक प्रधानमन्त्री के पी शर्मा ओलीले अन्तिम समयमा आएर स्थगित गरेका थिए ।