गृहजिल्ला चितवनमै गृहमन्त्री बादललाई कालोझण्डा

पुस ,२० काठमाडौ । चितवनमा नेकपा प्रचण्ड–माधव नेपाल समूहका कार्यकर्ताले गृहमन्त्री रामबहादुर थापालाई कालो झण्डा देखाएका छन् । 

उनीहरुले भरतपुरको हाकिम चोकमा कालोझण्डा देखाएका हुन् । यसअघि भरतपुर विमानस्थल परिसरमा कालो बेलुन उडाएर उनको विरोध भएको थियो । 

नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न बादल सोमबार गृहजिल्ला चितवन पुगेका हुन् । 

पूर्वमाओवादी धारका बादल नेकपा विभाजित बनेपछि ओलीतिर लागेका छन् ।