पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि

पुस,२२ काठमाडौं । पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४९५ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । २४ घण्टामा ६ हजार ७०६ जनाको पीसीआर परीक्षण भएको छ ।

सक्रिय संक्रमितको संख्या ५ हजार १३३ छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १८९९ रहेको छ ।