पुष, २४ काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष आज धनगढीमा संम्बोधन गर्दैछन् ।
नेकपा सुदूरपश्चिम(ओली समूह) ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली श्री एयरलाइन्सको विमान मार्फत धनगढी जान लागेको हुन्।
विमानस्थलबाट प्रधानमन्त्री नेपाल राष्ट्र बैंकको गेष्ट हाउस जाने र त्यहाँ केही समय विश्राम गरेपछि खुला मञ्चमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ।
धनगढी रंगशालामा शुक्रबार दिउँसो १२ बजेदेखि जनसभा हुने नेकपाले जनाएको छ।







