जसपाले गर्यो चरणबद्ध आन्दोलनको घोषणा

पुष, २४ काठमाडौं । जनता समाजबादी पार्टीले संसद विघटन विरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

पुस २५ देखि माघ ७ सम्म ओली नेतृत्वको सरकारविरूद्ध देशका प्रमुख शहरहरूमा जसपाले प्रदर्शन तथा सभा गर्ने भएको हो ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै विरोध प्रदर्शनका बारेमा जानकारी दिएका छन् । देशका विभिन्न प्रमुख शहरहरुमा आयोजना हुने कार्यक्रममा पार्टीका शीर्ष नेताहरुको उपस्थिति रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपश्चात् जसपा विरोध प्रदर्शनमा उत्रिएको हो ।