प्रधानमन्त्रीको राजिनामा माग्दै धनगढीमा टायर बालेर प्रदर्शन

पुष, २४ काठमाडौं । धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्रीको शिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि नेकपा विभाजित देखिएको छ र प्रचण्ड माधव पक्षले प्रधानमन्त्री विरुद्ध प्रदर्शन गरिरहेको छ ।

शुक्रबार प्रधानमन्त्री ओली धनगढी आउनु अगावै नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–नेपाल समूहका विद्यार्थीले टायर बालेर विरोध जनाएका छन् ।