७ असार, काठमाडौं । आफुलाई सञ्चारमन्त्री समेत रहेका अर्थमन्त्री युवराज खतिवडाले बर्खास्त गर्ने तयारी गरेको सुइको पाएपछी गोरखापत्र संस्थानका विज्ञ सल्लाहकार टीकाराम राईले आफ्नो फेसबुक वालमा लेखे, ‘गर्वका साथ भनिन्छ, गोरखापत्रमा परिणाम ल्याइयो। पुच्चछर लुकाएर हिंडिन्न, अन्याय गरे अदालत छँदैछ।’ अर्को एउटा समाचार सेयर गर्दै उनी पुन: लेख्छन् “डा. खतिवडा परिणाम होईन गुलामी चाहन्छन्” ।
टीकाराम राईलाई तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको सिफारिसमा मन्त्रिपरिषदले व्यवस्थापन, प्रिन्टिङ र अर्थ हेर्ने गरी डेढ वर्षअघि विज्ञ सल्लाहकार नियुक्त गरेका हुन् ।
राईले “सिङ्मम” शैलीमा संस्थानको कायापलट गरिदिए । गोरखापत्र संस्थानबाट प्रकाशित हुने सबै खालको प्रकाशनलाई चुस्त दुरुस्त पारे, संस्थानको व्यवस्थापकीय तथा खरिद प्रकृयालाई पारदर्शी बनाउने काम गरे । राईले गोरखापत्रलाई नीजि क्षेत्रका सञ्चार प्रतिष्ठानसँग प्रतिस्पर्धा गर्ने गरी ‘कार्पोरेट’ शैलीमा सुधार गरिरहेका छन् ।
पछिल्लो समय गोकुल बाँस्कोटाको राजीनामापछि सञ्चार मन्त्रालय समेत सम्हालेका अर्थमन्त्री युवराज खतिवडा राईसँग असन्तुष्ट बनेको छ । अर्थमन्त्री खतिवडाले संस्थानको कोहलपुर स्टेशनका लागि प्रेस खरिद्का लागि आवश्यक ८ करोड बजेट नछुट्टयाएपछि राईले विरोध जनाएका थिए।
त्यहीँदेखि मन्त्री खतिवडा राईसँग असन्तुष्ट बनेको र उनलाई हटाउने तयारीमा लागेको श्रोतको दावी छ । अलि छुच्चो र ठाडो स्वभावका राई त्यसैले लेख्छन् “डा. खतिवडा परिणाम होईन गुलामी चाहन्छन्” ।








