पूर्वआइजीपी सिंघबहादुर श्रेष्ठको ‘एक्लै एक्लै सूदुर यात्रामा’ म्यूजिक भिडियो बजारमा (भिडियोसहित)

पुस, २६ काठमाडौं । पूर्वआइजीपी सिंघबहादुर श्रेष्ठको शब्द रहेको ‘एक्लै एक्लै सूदुर यात्रामा’ नामक गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । नेपाली गीत संगीतप्रति निकै मोह राख्ने सशस्त्र प्रहरीका श्रेष्ठ आफै पनि गितार बजाउन निपूर्ण छन् ।

पूर्वआइजीपी श्रेष्ठले निकै पहिला रचना गरेको उक्त गीतमा गायिका अञ्जली राईले स्वर दिएकी छन् भने कल्याण थापाको संगीत रहेको छ ।

शुक्रबार सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा कशिस दाहाल, बिवेक शाह र बर्षा (आरएल) राणालाई फिचरिङ गरिएको छ ।

म्यूजिक भिडियोलाई संजय पाण्डेले निर्देशन र छायाँकन तथा सम्पादन राजेन्द्र पाण्डेले गरेका छन् ।