राष्ट्रिय सभा अधिवेशन आजैदेखि अन्त्य हुने

पुस,२६ काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ ।

आइबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।  हिउँदे अधिवेशन पुष १७ गतेबाट सुरु भएको हो । आज दिउँसोको  बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दैछन् ।