माघ, २० काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ चितवनको १८ औं वार्षिक साधारण सभा तथा नबौं अधिवेशनबाट भूपेन्द्र कर्माचार्य अध्यक्षमा निर्वाचित भएका छन् ।
सोमबार चितवनमा सम्पन्न शाखाको अधिवेशनले कर्माचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
शाखाको उपाध्यक्षमा प्रेम कुँवर, सचिवमा विशाल पौडले, कोषाध्यक्षमा वरदान कँडेल, सहसचिवमा सञ्जय अर्याल निर्वाचित भएका छन् । सदस्यहरुमा केदार चौलागाईं, प्रकाशमणि सापकोटा, रामबाबु महासेठ र गीता कुमाल निर्वाचित भएका हुन् ।
कार्यक्रममा नेपाल पशुपन्छी औषधि व्यवसयी संघका केन्द्रीय अध्यक्ष भूपेन्द्र गौतमले नयाँ कार्यसमितिले सफलता पूर्वक व्यवसायिक हकहितमा काम गर्ने विश्वास व्यक्त गर्दे सफल कार्यकालको शुभकामना दिए ।







