माघ, २० काठमाडौं । इन्टरनेट प्रदायक कम्पनी वल्डलिङ्क कम्युनिकेसनले सातै प्रदेशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्दै छ ।
हालै कम्पनीले एक कार्यक्रम गर्र्दै कम्पनीले ३ अर्ब रूपैयाँको लगानीमा तीन वर्षभित्र ती डेटा सेन्टर निर्माण गर्न लागेको घोषणा गरेको छ ।
विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक अभूतपूर्व तवरले वृद्धि भइरहेकोले इन्टरनेटको पूर्वाधारमा दबाब र प्रयोगकर्तालाई प्राप्त हुने इन्टरनेटको अनुभव र गति बिग्रिदै गएको छ ।
गुणस्तरीय इन्टरनेट प्रयोगका लागि सकेसम्म प्रयोगकर्ताहरूको नजिक स्थानीय रूपमै सर्भरहरू हुनु आवश्यक हुन्छ, जसले इन्टरनेट सामग्रीहरुलाई प्रयोगकर्ताहरूको लागि भण्डारण गर्दछ ।







