फागुन, २ काठमाडौं । पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम खेलमैदान सुबिधासम्पन्न बन्ने भएको छ ।
स्तरबृद्धि सहित निर्माण हुने खेलमैदानको शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वशन्तकुमार नेम्बाङले शिलान्यास गरे । प्याराफिट विल्डिङ, डे«स चेन्जिङ रुम, सपिङ आर्किट, शौचालय र प्रशासनीक कक्ष सहितको खेलमैदान निर्माणको मन्त्री नेम्बाङले एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषदको अगुवाईमा १५ करोड ६७ लाख लागत अनुमानमा खेलमैदानको स्तरबृद्धि कार्य सुरु भएको हो । निर्माणका लागि पिएस किरातेश्वर मैनाचुली जेभीले १० करोड ६३ लाख रुपैंयाँमा ठेक्का सम्झौता गरिसकेको छ ।
फिदिम माध्यमिक विद्यालयको स्वामित्वमा रहेको उक्त खेलमैदानको पर्खाल गत वर्ष भत्केपछि कुनै पनि खेलकुदका कार्यक्रम सञ्चालन हुन सकेका छैनन् । शिलान्यस गर्दै मन्त्री नेम्बाङले खेलमैदानको स्तरबृद्धिसँगै जिल्लाको खेलकुद क्षेत्रको बिकास र प्रबद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने बताए ।







