महानायक हमाल ४ वर्षपछि चलचित्र ‘सत्यम्’ मार्फत फेरि पर्दामा देखिदै

फागुन, २ काठमाडौं । महानायक राजेश हमाल ४ वर्षपछि फेरि पर्दामा देखिदै छन् । हमाल नयाँ चलचित्र ‘सत्यम्’मा अनुवन्धित भएको खबर सार्वजनिक भएको छ ।

४ बर्षपछि राजेश हमाल ठूलो पर्दामा फर्किने तयारी गर्दै गर्दा उनका फ्यानहरु खुशी भएका छन् । यसको निर्माणपक्षले हमाल अनुवन्धित भएको खबर सार्वजनिक गरेपनि हमाल आफैले भने यसको बिषयमा केही पनि बताएका थिएनन् ।

उनै, हमालले पहिलो पटक सामाजिक संजालमा तस्वीर शेयर गर्दै चलचित्रको कथामा काम हुँदै भनेर स्टाटस लेख्दै हमालले आफैले चलचित्रमा काम गर्न लागेको औपचारिक जानकारी गराएका छन् ।

शंकर कार्कीको निर्देशनमा तयार हुन लागेको चलचित्रलाई रेशम सापकोटाले निर्माण गर्दैछन् । राजेश हमालले स्क्रिप्ट नै हेर्दैनन् भन्ने आरोप लाग्ने गरेको थियो । तर, यसपटक हमाल स्क्रिप्टमा समय दिएर घोत्लिनुले पनि उनका लागि यो चलचित्र कती महत्वपूर्ण छ भन्ने बुझिएको छ ।