राजनीतिक दलका प्रतिनिधिलाई निर्वाचन आयोगले बोलायो

फागुन, २ काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलका प्रतिनिधिलाई आज बोलाएको छ ।

निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलका प्रतिनिधिहरूलाई निर्वाचन आयोगले बोलाएको हो ।

आयोगका प्रवक्ता राजकुमारका अनुसार छलफलमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुनेछन्।

आयोगले निर्वाचन आचारसंहिताको मस्यौदा तयार गरेको छ। आगामी बैशाख १७ र २७ गते गरी दुई चरणमा हुने निर्वाचन केन्द्रित उक्त आचारंसंहिताको मस्यौदालाई अन्तिम रूप दिने तयारीअनुसार दलहरूलाई आयोगले छलफलमा बोलाएको हो।