फागुन, ३ काठमाडौं । ४ सय ५५ जना नेपाल प्रहरीका हवल्दार प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा भएका छन् ।
बढुवा समितिको आइतबार बसेको बैठकले उनीहरूको बढुवा गरेको जनाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले सार्वजनिक गरेको बढुवा सूचीको पहिलो नम्बरमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी हवल्दार सामीनाथ यादव रहेका छन् ।
प्रहरी नियमावली – २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) को प्रावधान बमोजिम उनीहरूको बढुवा भएको हो ।







