भागरथी हत्या प्रकरणः आरोपी न्याय दे भन्दै आन्दोलनमा सहभागी भएका थिए !

फागुन, ५ काठमाडौं । बैतडी दोगडाकेदारकी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट भागरथीलाई न्याय माग्दै आन्दोलनमा समेत सहभागी भएको खुलेको छ । प्रहररीका अनुसार दिनेशले भागरथीको हत्या गरेको पुष्टि गरेसँगै उक्त विषय खुलेको हो ।

घटनापछि भागरथीको न्यायका लागि थालिएको विभिन्न आन्दोलनमा दिनेश पनि सहभागी थिए। भागरथीलाई न्याय दे, हत्यारालाई फाँसी दे भन्दै उनी दोगडाकेदार गाउँपालिकामा आयोजित विरोध प्रदर्शनमा सहभागी हुँदै आएको प्रहरीले जनाएको छ।

स्थानीयहले उनलाई सनातन माविका विद्यार्थी, शिक्षक कर्मचारी, स्थानीयबासिन्दाले भागरथीको न्यायका लागि आयोजना गर्ने गरिएको हरेक आन्दोलनमा उनको सहभागीता रहेको बताएका छन्।