थप १२५ जनामा कोरोना, ९१ संक्रमित डिस्चार्ज

फागुन,५ काठमाडौ।नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १२५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ५५ पुगेको छ । आज कोरोनाबाट कुनै व्यक्तिको मृत्यु भएको छैन । नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ६२१ रहेको छ ।