‘संविधानले जे बोल्छ त्यही फाइनल हो।’

फागुन,६ काठमाडौँ । वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीले एक पटक संसदीय दलमा निर्वाचित भएपछि पटक पटक संसदीय दलमा परीक्षण गर्नु नपर्ने बताएका छन्।

एमिकस क्युरिका तर्फबाट राय दिँदै मैनालीले पटक पटक संसदीय दलमा परीक्षण गर्नु नपर्ने बताएका हुन्। 

न्यायाधीश अनिलकुमार सिन्हाले नेकपा विवादको सिकार प्रतिनिधिसभा किन हुने? जनताले सास्ती किन बेहोर्ने? भने प्रश्न गरेका छन्। जवाफमा अधिवक्ता मैनालीले अविश्वासको प्रस्ताव नआएको र पार्टी विवादले औपचारिकता नपाएको भन्दै संसद् विघटनको पक्षमा राय दिएका थिए।

एमिकसकै तर्फबाट वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संविधानले बोलेको विषयमा बाहिर के छ भनेर हेर्नु नपर्ने बताए। उनले भने, ‘संविधानले जे बोल्छ त्यही फाइनल हो।’