पुस्कल शर्मा र रचना रिमालको ‘के दिऊँ मायालाई चिनो’ चर्चामा

फागुन,८ काठमाडौं । लोकप्रिय गायक पुस्कल शर्मा तथा गायिका रचना रिमालको स्वरमा ‘के दिऊँ मायालाई’ नयाँ गीत सार्वजनिक गरिएको छ । लोकलयको उक्त गीतमा शब्द तथा संगीत गायक पुस्कलकै रहेको छ भने एरेन्ज कृष्ण बिकले गर्नुभएको छ ।

गीतको भिडियोमा पुस्कलसँगै अन्जली अधिकारी, सबि शर्मा, समिक्षा पोखरेल र अनुपा अधिकारीले अभिनय गर्नुभएको छ । मन्दिर म्युजीक कम्पनीबाट सार्वजनिक यस गीतलाई पुस्कल शर्माकै युट्युवमार्फत हेर्न सकिनेछ । भिडियो काजिश श्रेष्ठले निर्देशन गर्नुभएको हो भने अजय रेग्मीले खिच्नुभएको छ । भिडियोको सम्पादन तथा कलर भर्नेकाम दिपक बिष्टले गर्नुभएको हो ।