छोराको अपहरण आरोपममा बुबा र मामा पक्राउ

फागुन, ९ काठमाडौं । छोराको अपहरण आरोपमा धनुषा प्रहरीले बुबा र उनका मामालाई पक्राउ गरेको छ ।

सात वर्षीय छोरा चन्दन दासलाई अपहरण गरेको आरोपमा उनका बुबा रमेश र मामा लक्ष्ेश्वर दासलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूलाई आजै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।
उनीहरूको घर नगइराइन नगरपालिका वडा नम्बर – ६ मा पर्छ ।

चन्दन हिजो दिउँसो हराएका थिए। साँझ उनका आमालाई नचिनेका मान्छेले फोन गरेर चन्दन अपहरणमा परेको र फिरौती एक करोड ल्याउन भनेपछि हराएका भनिएका चन्दन अपहरणमा परेको खुलेको थियो ।

त्यसपछि प्रहरीलाई उद्दारका लागि पीडित परिवारले जानकारी गराएका २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी कृष्ण प्रसाइले बताए ।
खबर लगत्तै खटिएको प्रहरी टोलीले बालकलाई जनकपुरधामस्थित एक होटलबाट उद्धार गरेको हो ।