फागुन, ८ काठमाडौं । सरकारले कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने बताएको छ ।
सरकारले खरिद गरेर १० लाख डोज खोप आज १ः३० बजे नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौं आउन उनले बताए । उनका अनुसार यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इन्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको हो ।
उक्त खोप यही फागुन २३ गतेदेखि ५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई लगाइने छ ।
खोप टेकुस्थित चिस्यान केन्द्रबाट प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरिका खोप केन्द्रमा वितरण गरिने उनले बताए ।







