फागुन,९ काठमाडौं । कोभिड १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज काठमाडौं आइपुगेको छ ।
भारतको नयाँ दिल्लीबाट दिउँसो साढे २ बजे एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो ।
फागुन ५ गते खोप उत्पादक कम्पनी सेरम इन्सिच्युट अफ इन्डियासँग २० लाख डोज खोप लिने सहमतिअनुसार आइतबार पहिलो चरणमा १० लाख डोज खोप त्रिभुवन विमानस्थल आइपुगेको छ ।
यसअघि गत माघ ८ गते भारत सरकारले सोही कम्पनीको खोप अनुदानमा उपलब्ध गराएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ ।







