फागुन, १० काठमाडों । प्रधानमन्त्री केपी शर्मा ओली दैजी छेला औद्योगिक क्षेत्र शिलान्यस गर्नेका लागि आज सुदरुपश्चिम प्रदेशको कञ्चनपुर जादैछन् ।
प्रधानमन्त्री ओलीले बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिएका छन् ।
सरकारले यसै साता चार औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ११ गते बाँकेमा नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री आउने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा पारिएको छ । कार्यक्रमस्थलमा कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था मजबुत बनाइएको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।







