दाहाल-नेपाल समूहले छान्‍यो ६८ जिल्लामा नयाँ नेतृत्व

- पुष्‍पकमल दाहाल समूहलाई ३५ जिल्ला नेतृत्व र माधवकुमार नेपाल समूहलाई ३३ जिल्लामा नेतृत्व

फागुन,१० काठमाडौ।नेकपाको दाहाल-नेपाल समूहले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ । सोमबार ६८ जिल्लामा अध्यक्ष र सचिव चयन गरेको हो ।

जसमा पुष्‍पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् । दाहाल समूहले  ९ बुँदे मापदण्ड बनाएको थियो । जसमा करिब आधा-आधा गर्ने सहमति गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए । त्यसपछि एक समूहले अर्को समूहलाई हटाएर नेतृत्व लिने प्रक्रिया चलिरहेको छ ।