संसद पुनर्स्थापना, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश

फागुन,११ काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनको कदम बदर गर्दै संसद पुनःस्थापना गरेको छ ।

साथै १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश समेत गरेको छ ।

योसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेभित्र बोलाउनुपर्ने भएको छ ।