फागुन, १२ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ ।
सर्वोच्चले संसद पुनर्स्थापना गरेपछि सो समूहले आज अपरान्ह ४ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई उपस्थित हुन आव्हान गरेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावका विषयमा छलफल हुनसक्ने आँकलन गरिएको छ ।







