फागुन, १४ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशी ब्रेन ह्याम्रेज (मस्तिष्कघात) भएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको पारिवारीक स्रोतले जनाएको छ । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ ।
जोशीको मस्तिष्कमा रगत जमेको बुझिएको छ । उनको शल्यक्रियाको तयारी भइरहेको छ ।







