हटाउन नसक्ने भएपछि अविश्वास प्रस्ताव फिर्ता: बस्नेत

फागुन, २० काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसक्ने देखेपछि नेकपाको दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव फिर्ता लिएको बताएका छन् । भरतपुरमा बुधबार आयोजित राष्ट्रिय युवा सङ्घ नेपाल चितवनको कमिटी घोषणा, शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा उनले भने, “त्यही भएर अब अरु दलका नेतालाई गुहार्न थालेका हुन ।” उनले सूर्य चिन्ह आफ्नो पार्टीमै कायम रहने पनि जिकिर गरे ।

“दाहाल–नेपाल पार्टी फुटाएर जानुभो तर पार्टी फुटेको घोषणा गर्न सक्नुभएको छैन । मैले पार्टी फुटाएँ भनेर निर्वाचन आयोगमा जानुभएको छैन । किनभने उहाँहरुलाई सूर्य चिह्नको माया लागेको छ”, उनले भने, “आगामी निर्वाचनमा सूर्य चिन्नबिना दाहाल र नेपाललाई कुनै भोट प्राप्त हुन सक्दैन ।”

कार्यक्रममा युवा सङ्घका इञ्चार्ज बस्नेतले चितवन कमिटीका ५०१ लाई शपथ ग्रहण गराएका थिए । जिल्लामा सुशील केसीको संयोजकत्वमा युवा सङ्घ गठन गरिएको छ ।