प्रचण्ड–माधव पक्षले आइतबार प्रम ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने

फागुन,२१ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

आजको बसेको सो समूहको संसदीय दलको बैठकपछि एक सांसदले अविश्वासको प्रस्ताव गर्ने तयारी गरेको जानकारी दिए ।वरिष्ठ नेता झलनाथ खनालले आफ्नो पक्षमा १ सय ११ जना सांसदले स-शरीर उपस्थित भएर हस्ताक्षर गरेको जानकारी दिए । आफ्नो पक्षमा ११५ जना सांसद रहेको र विभिन्न कारणवस योगेश भट्टराई, कृष्णबहादुर महरा, विना पोखरेल र चक्रपाणी खनाल भने आज अनुपस्थित रहेको पनि बताए ।

बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता पनि चयन गरेको छ । सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा बसेको आजको बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो। संसदीय दलको नेता चयन भएपछि प्रचण्डले सबै सांसदहरुलाई धन्यवाद दिएका थिए ।‘प्रचण्डले केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि आफ्नो दलमा आउन आग्रह गरे ।

संसदीय दलको नेता चयन भएपछि बैठकलाई सम्बोधन गर्दै उनले सो आग्रह गरेका हुन् । 

प्रचण्डले आफनो पक्षमा स्पष्ट बहुमत रहेको बताउँदै केपी ओली पक्षमा रहेका सांसदहरुलाई पनि यहि संसदीय दलमा आउन आग्रह गरे । अध्यक्ष प्रचण्डले केही अरु सांसदहरु पनि यहि संसदीय दलमा आउन चाहेको उल्लेख गरे । यो समचार रातो पाटीबाट लिईको हो ।