बैठक सुरु नै नभई संसद भवनबाट बाहिरिए प्रधानमन्त्री

फागुन,२३ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन् । निर्धारित समयमा संसद बैठक सुरु नभएपछि प्रधानमन्त्री ओली बाहिरिएका हुन् ।

पुनःस्थापित संसद बैठक आज दिनको ४ बजे बोलाइएको थियो । सर्वोच्च अदालतले नेकपा विवादमा ऋषि कट्टेल नेतृत्वमा रहेको नेकपालाई आधिकारिकता दिएपछि प्रचण्ड–नेपाल नेतृत्वको नेकपा छलफलमा जुटेको छ । प्रचण्ड–नेपाल छलफलमै रहेकाले संसद बैठक सुरु हुन सकेको छैन ।प्रधानमन्त्री ओली भने आज ४ बज्नुअघि नै संसद भवन पुगेका थिए ।