फागुन, २५ काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्ने भएको छ । नेकपा (माओवादी केन्द्र) सँग अलग भएपछि नेकपा एमालेको सचिवालय बैठक आज ४ बजे बस्ने भएको हो । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सचिवालय बैठक अनौपचारिक रूपमा बस्न लागेको जानकारी दिए ।
अनौपचारिक भएपनि बैठकमा देशभरको पार्टी अवस्था, पार्टी कार्यालय पुनःस्थापना, पार्टीको सबै कमिटी र संसदीय दललगायत विषयमा छलफल हुने बताइएको छ ।
नेकपा एमालेको विधानअनुसार सचिवालयको संयोजक महासचिव ईश्वर पोखरेल हुन्। सचिवालयमा दुई उपमहासचिव र पाँच जना सचिव सदस्य छन्।
नेकपा एमालेले धुम्बाराहीमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको बोर्ड आज राख्ने भएको छ।







