जसपाको संसदीय दलको पहिलो बैठक आज बस्दै

फागुन, २५ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको पहिलो बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा समग्र राजनीतिक परिस्थितिबारे छलफल गर्न लागिएको जसपाले जनाएको छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण पछि बनेको जसपाको संयुक्त बैठक बस्न लागेको हो ।