फागुन,२५ काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । केहीबेरअघिबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी रहेको छ । सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिली गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेर ऋषि कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएसँगै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको बैठक बोलाएका हुन् ।
आजका बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने विषयमा केन्द्रित हुने छ।यस्तै, ओली पक्षमा लागेका माओवादी केन्द्रका रामबाहदुर थापा ‘बादल’ टोपबहदुर रायमाझी, मणि थापा, लेखराज भट्ट र प्रभु शाहका बारेमा पनि निर्णय लिइने छ ।







