महिला लघुवित्तको सेयर ४३८, ग्रिनलाइफको २९९ मा ओपनिङ कारोबार

चैत,३ काठमाडौं । महिला लघुवित्त र ग्रिनलाइफ हाइड्रोपावरको सेयर दोस्रो बजारमा कारोबार सुरु भएको छ । चैत २ गते नेप्सेमा सूचिकृत भएका दुबै कम्पनीको सेयर आजबाट नेप्सेको स्पेशल–प्रि ओपन सेसनमा ओपनिङ कारोबार भएको हो ।महिला लघुवित्तको सेयर प्रतिकित्ता ४३८ रुपैयाँमा पहिलो कारोबार हुँदा ग्रिनलाइफ हाइड्रोपावरको सेयर २९९ रुपैयाँमा ओपनिङ कारोबार भएको छ । महिला लघुवित्तको पहिलो कारोबारको लागि ३१३.१६ देखि ९३९.४८ सम्मको सुरुवाती दायरा तोकेकोमा ४३८ मा पहिलो कारोबार भएको हो ।ग्रिनलाइफ हाइड्रोपावरको लागि नेप्सेले ९९.६७ देखि २९९.०१ सम्मको सुरुवाती दायरा तोकेकोमा २९९ बाट कारोबार सुरु भएको हो । नेप्सेले कम्पनीको सुरुवाती कारोबारको लागि नेटवर्थ देखिको नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज तोक्ने गरेको छ ।