चैत, १० काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता, अविश्वासको प्रस्ताव तथा नेकपाको विषयम सर्बोच्चले गरेको फैसलाको विषयमा काजुन व्यवसायीसँग छलफल गरेको छ ।
सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यलयमा माओवादीले कानुन व्यवसायीहरुसँग यसबारे छलफल गर्दै सुझाव मागेको छ ।
कानुन व्यवसायीहरुले सवै विषयमा काुननी व्यवस्था र अवलम्बन गर्नुपर्ने बाटोबारे सुझाव दिएको कानुन व्यवसायी समेत रहेका सांसद रामनारयण बिडारीले जानकारी दिए ।
‘अविश्वासको प्रस्ताव कसरी दर्ता हुन्छ ? समर्थन फिर्ता कसरी गर्न सकिन्छ रु प्रधानमन्त्रीले विस्वासको मत कसरी लिनुहुन्छ ? चलिरहेको सरकारको हैसियत के हुन्छ रु अबको नेपालको राजनीतिक कोर्ष कता जान्छ र फागुन २३ को फैसलाको पुनवरावलोकन कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल भयो । त्यसबारेमा हामीले पुनरावलोकन गर्न उचित हुन्छ भन्ने सुझाव दियौँ ।’, छलफलपछि बिडारीले भने ।







