सन्देशको ‘सम्झनाको आँधी’ गजल संग्रह विमोचन

चैत, १० काठमाडौ । कवि सन्देश सुब्बाको गजल संग्रह ‘सम्झनाको आँधी’ विमोचन भएको छ । ललीतपुर स्थित चुम्लुङ्हीममा आयोजित कार्यक्रममा सुब्बाको गजल संग्रह विमोचन गरीएको हो ।

उक्त संग्रहको विमोचन बरिष्ठ गजलकार ललीजङ रावलसहित लिम्बू अभियन्ता वीर नेम्वाङ, पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू, कवि बिमला तुम्खेवा, लेखक प्रकाश आङ्देम्बे र शकुन्तला जोशीले गरेका छन् ।

कृतिको विमोचन कार्यक्रममा बोल्दै बरिस्ठ गजलकार रवलले ‘सम्झनाको आँधी भित्र समाबेश गजलहरु संरचनात्मक, भाव सम्प्रेषण र बैचारिक दृष्टिकोणले शसक्त रहेको बताए ।

कृतिमाथी साहित्यकार बिमला तुम्खेवा, शकुन्तला जोशी र प्रकाश आङ्देम्बेले टिप्पणी गरेका थिए । निम्बल पब्लीकेशनले बजारमा ल्याएको कृतिभित्र ६१ गजल समाबेश छन । कृतिको मूल्य १९९ रुपैयाँ राखिएको छ । यस अघि सुब्बाको ‘आगोको सौन्दर्य’ कविता सग्रह प्रकाशन भएको थियो ।

कार्यक्रम निम्बल पब्लीकेशनका अध्यक्ष टंक सेलिङ्को अध्यक्षतामा सम्पन्न भएको थियो ।