चैत, २० काठमाडौं। म्यान्मारमा फेब्रुअरीमा सेनाले गरेको सैनिक कूपछि भइरहेको प्रदर्शनका क्रममा भएको दमनमा हालसम्म ४३ जना बालबालिकाको मृत्यु भइसकेको छ ।
बालबालिकाको अधिकारका लागि काम गर्ने संस्था सेभ द चिल्ड्रेनले म्यान्मारको अवस्था ‘खराब सपना’ जस्तै रहेको टिप्पणी गरेको छ ।
मारिएकामा एक जना ६ वर्षीया बालिका समेत छन् । एक स्थानीय निगरानी संस्थाले सैनिक कू पछि हालसम्म ५३६ जनाको मृत्यु भइसकेको जनाएको छ ।







