चैत, २१ काठमाडौं । अब सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा शुक्रबार साँझ बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारको नेतृत्व दाबी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय गरेको छ।
प्रतिनिधिसभा पुनस्स्थापना भइसकेपछि लामो समय मौन बसेको कांग्रेसले अहिले सरकारमा दाबी गर्ने निर्णय लिएको हो।
पछिल्लो समय नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट गरेर छलफल गर्दै आएका थिए।







