चैत, २१ काठमाडौं। अमेरिकी संसद् भवन(क्यापिटल बिल्डिङ) हमलामा एक प्रहरी अधिकारको मृत्यु भएको छ भने अर्का प्रहरी घाइते छन्।
एक कारले सुरक्षा बेरिकेडमा ठक्कर दिएको र चालकले प्रहरीहरुलाई चक्कु प्रहार गरेको थियो। त्यसपछि प्रहरीले गोली चलाउँदा सन्दिग्ध हमलाकारीको मृत्यु भएको हो।
सन्दिग्ध हमलाकारी २५ वर्षीय नोआह ग्रिन रहेको प्रहरीको भनाइ छ। शुक्रबारको उक्त घटना कुनै आतंककारीबाट नभएको बताइएको छ।(बीबीसी)







