चैत, २२ काठमाडौं । माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले आज बैठक बोलाएको थियो । तर, अधिकांश स्थायी समिति सदस्यहरु राजधानी बाहिर रहेकाले बैठक स्थगित गरिएको केन्द्रीय कार्यालका सचिव श्रीराम ढकालले जानकारी दिए ।
नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेसँगै माओवादी केन्द्रले सरकारलाई दिएका समर्थन फिर्ता लिने तयारी थालेको हो ।







