वैशाख, ७ काठमाडौं । सरकारले मास्क र सेनिटाइजर अनिवार्य गरेको छ । घरबाट बाहिर निस्कदा र कार्यलय जादा, सवारी साधन प्रयोग गर्दा मास्क र सेनिटाइजर अनिवार्य गरेको छ ।
मास्क र सेनिटाइजर प्रगयोग नगर्नेलाई सार्वजनिक कार्यालय प्रवेश गर्न नदिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड –१९ संक्रमणको कारण देखाउदै सार्वजनिक यातायात र कार्यलयमा मास्क र सेनिटाइजर अनिवार्य गरेको हो ।
सिट क्षमता बराबर मात्र यात्रु राख्न पाइने र कुनै यात्रु मास्क नलगाइ आएमा बढीमा १० रुपैयाँ लिएर सवारी चालकर सह–चालकले मास्क उपलब्ध गराउनु पर्नेछ । मास्क नलगाउनेलाई भने सार्वजनिक सवारीमा चढ्न नदिने निर्णयमा गरिएको छ ।
यस्तै सार्वजनिक कार्यालय, डिपार्टमेन्ट स्टोर तथा सपिङ मलहरुमा पनि मास्क र सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गनर्पुर्नेछ । सरकारले मास्क र सेनिटाइजर प्रयोग नगर्नेलाई कार्यालय र पसलमा प्रवेश गर्न नदिने निर्णय गरेको छ ।







