वैशाख, ७ काठमाडौं । चितवनको अयोध्यापुरीमा राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा पूजाआजा गरेर चितवन पठाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले पूजाआजा गरेका हुन् । रामको जन्मभूमि चितवनको अयोध्यापुरी भएको दाबी गर्दै आएका प्रधानमन्त्री ओलीले अयोध्यापुरीमा राम–सीताको मूर्ति राख्ने तयारी वर्षदिन अघि देखिनै गरेका थिए ।
मूर्तिलाई रथ यात्रा गराउँदै चितवन पठाइएको छ ।







