आज मन्त्रिपरिषद्को बैठक बस्दै, कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा सरकारले थप निर्णय गर्न सक्ने

वैशाख, १३ काठमाडौं । आज बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ । बेलुकी ५ बजे बस्नै बैठकमा कोभिड १९ रोकथाम तथा नियन्त्रणको सम्बन्धमा सरकारले थप निर्णय गर्न सक्ने बताइएको छ ।

कोरोना संक्रमणको ग्राफ बढिरहेको सन्दर्भमा आज मन्त्रिपरिषद्को बैठक बोलाइएको बुझिएको छ ।

हिजो नै कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सुझावहरु सरकारलाई दिएको थियो भने आजदेखि सञ्चालन हुने पूर्व निर्धारित परिक्षाहरु स्थगित गरेको थियो ।