उपत्यकामा एक हप्ता लकडाउन

वैशाख, १३ काठमाडौं । पछिल्लो समय तिब्र रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एक हप्ता लकडाउन गर्ने निर्णय गरिएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका सिडिओहरुले वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन।

निषेधाज्ञा जारी भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन्। यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द रहेन जारी सूचनामा उल्लेख छ।