मन्त्रिपरिषद्को निर्णयः काठमाडौं उपत्यकामा वैशाख महिनाभर निषेधाज्ञा

वैशाख, १४ काठमाडौं । सरकारले वैशाख महिनाभर काठमाडौं उपत्यकामा निशेधाज्ञा गर्ने निर्णय गरेको छ ।

हिजो (सोमवा) बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १६ गतेदेखि वैशाख महिनाभर निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

यसअघि उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एक साताको लकडाउनमा एक साता थप गर्ने निर्णय गरेको हो । कोरोना संक्रमणको दर धेरै बढेकाले जोखिम भएका जिल्लामा १५ दिनको निषेधाज्ञा जारी गर्ने निर्णय गरेको स्रोतले बतायो । मन्त्रिपरिषद्को निर्णयअनुसार यो अवधि वैशाख मसान्तसम्म लम्बिने भएको हो ।