वैशाख, १४ काठमाडौं । आज सुनको मूल्यमा गिरावट आएको छ । हिजो सोमबार सुनको मूल्य स्थिर रहेको थियो ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर आज ९० हजार ७ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । मंगलबार चाँदीको मूल्य तोलाको ५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।







